हावाहुरी र पानीले लुम्बिनी प्रदेशमा ठूलाे क्षति

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
हावाहुरी र पानीले लुम्बिनी प्रदेशमा ठूलाे क्षति

दाङ । लुम्बिनी प्रदेशको दाङसहित ८ विभिन्न जिल्लामा दिउँसो आएको हावाहुरी र पानीले ठाँउ ठाँउमा क्षति पुगाएको छ । 

हावाहुरीका कारण विद्युत् सर्ट हुँदा लमही विद्युत् वितरण केन्द्रमा आगलागी भएको छ । आगलागी हुँदा दुई प्यानलमा पूर्ण क्षति पुगेको छ भने लमही विद्युत् वितरण केन्दबाट विद्युत् वितरण सेवा पनि अवरूद्ध भएको छ । आगलागी भएको प्यालनको मर्मत गर्ने र विद्युत् सेवा सुचारू गर्न आफूहरू लागिपरेको कार्यालयले जनाएको छ ।

हावाहुरीसहितको वर्षाका कारण तुलसीपुरमा विद्युत्‌का पोलहरू ढलेका छन् भने घोराही ४ सिस्ने खोलाकी रूपकली विकको घरको छाना उडाइदिएको छ । जिल्लाका ग्रामिण सडकहरूमा पनि पानीले क्षति भएको प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालय घोराहीकाअनुसार दाङमा ४० मिलिमिटर पानि परेको छ भने पानि अझै रोकिएको छ । 

लामो समयपछिको वर्षाका कारण वातावरण केही सितल बनाएको छ भने प्रदूषणको मात्रा पनि घटाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.