प्रधानमन्त्री कार्कीद्वारा गाईगौशालाको निरीक्षण

चैत्र ६, २०८२ |विकास आर्या
प्रधानमन्त्री कार्कीद्वारा गाईगौशालाको निरीक्षण

महाेत्तरी । प्रधानमन्त्री शुशीला कार्कीले महोत्तरीको गौशालास्थित रहेको गाईगौशालाको निरीक्षण गर्नु भएको छ । 

अन्तरिम सरकारको प्रधानमन्त्री बने यता पहिलो पटक महोत्तरी पुग्नु भएकी प्रधानमन्त्री कार्की गौशाला नगरपालिका–३ नवराजपुरमा रहेको निगौल गाईगौशालाको निरीक्षण गर्नु भएको हो ।

निगौल गाईगौशालामा रहेका गाईवस्तुको दुरावस्थाबारे विभिन्न समयमा आवाज उठ्दै आइरहेको समयमा प्रधानमन्त्री कार्कीले गौशालाको निरीक्षणपछि ह्वास हुने जुनसुकै जीवको रक्षा गर्नु हाम्रो कर्तव्य रहेको बताउनु भयो । उहाँले गाईलाई जोगाएर रोजगारीसँग जोडेर राम्रो अवसरको सिर्जन गर्नसक्ने भएकाले गाईको रक्षा गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो ‘ हिन्दु धर्ममा चरा, मुसा लगायतका ह्वास हुने सम्पूर्ण जीव जन्तुलाई पुजा गर्ने परम्परा रहेको छ, त्यसमा पनि गाईलाई त हामी आमा जस्तै पुजा गर्छौँ, त्यसैले गाईको शोषण हुनु हुँदैन त्यसतर्फ सचेत हुनु पर्छ ।’ गाईगौशालालाई उद्योगको रूपमा विकास गरी रोजगारीसँग जोड्नु पर्ने निर्देशन दिनु हुँदै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्वाचित सांसद प्रमोद महतोलाई यहाँका सम्पूर्ण समस्या हेर्न बताउनुभयाे ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।