नवलपरासीमा हावाहुरीसहित वर्षा

चैत्र ६, २०८२ |नवीन पौडेल
नवलपरासीमा हावाहुरीसहित वर्षा

परासी । पूर्वी र पश्चिम नवलपरासीमा हावाहुरीसहित वर्षा भएको छ। 

दिउँसो नै आकास अँध्यारो भएर वर्षा भएको हो। हावाहुरी चलेको कारण सर्वसाधारण घरभित्र नै बसेका छ्न् । केही स्थानमा असिनासहितको वर्षाले तरकारी र खेतीमा क्षति पुर्याएको खबर छ । मौसम विभागले वर्षा र हावाहुरी आउने सूचना जारी गरेपछि सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्किएका थिएनन् । 

दिउँसो १ बजेसम्म मौसम सफा भए पनि एक्कासी हावहुरी र वर्षा भएको हो । वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सडक हिलाम्य भएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।