
विराटनगर । कोशी प्रदेश सरकारले आयोजनाहरूको छनोट तथा प्राथमिकीकरणलाई व्यवस्थित किसिमले अघि बढाउन बैंकसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।
कोशी सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना बैंक कार्यविधि २०८२ स्वीकृतलगायतका तीन निर्णय गरेको हो । प्रदेश सरकारले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको छ ।
यस्तै कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो।