
बर्दिया । फागुन २३ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न पसेको आशंकामा बेपत्ता ६ जनाको खोजी सुरू गरिएको छ ।
खोजीमा नेपाली सेना, निकुञ्जका कर्मचारीसहितको टोली सोमबार कोर क्षेत्रमा परिचालन गरिएको छ। सुर्खेत प्रहरीलाई उद्धत गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोज मणी पौडेलले बेपत्ता ६ जना सबै सुर्खेत बराहताल गाउँपालिकाको रहेको र खोजीका लागि स्वीप अप्रेसन गर्नुका साथै ड्रोनको समेत प्रयोग गरिएको बताउनुभयो ।
निकुञ्जले खोजतलासमा फेला नपरे हात्ती परिचालन गरिने समेत जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधिर राज शाहीले सम्पर्कविहीन मानिसको खोजतलासका लागि मौखिक जानकारी मात्रै आएको कारण लीखीत जाहेरी नपरेकोले बेपत्ता सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।