राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो

चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरूको नामावली टुंगो लगाएको छ ।

आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने चार जना समानुपातिकतर्फका सांसदहरू टुंगो लगाएको हो । निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरू टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । 

त्यसैगरी बैठकले मधेश प्रदेशमा पनि रिक्त रहेको प्रदेश सभा सदस्य नियुक्ति गर्नका लागि एक जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचन हुने पार्टीका नेता ज्ञानबहादुर शाहीलाई बधाइ दिँदै पार्टीको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरूलाई धन्यवाद दिइएको राप्रपाले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.