
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ ।
आइतबार कांग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरूको नाम टुंग्याएको हो । कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसदहरू छानेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
उहाँले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताउनु भयो । उहाँले विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आइतबार नै निर्वाचन आयोगमा बुझाइने जानकारी दिनुभयो ।
उहाँकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर सांसद चयन गरिएको उहाँले जनाकारी दिनुभयो ।
उहाँले पार्टीले पठाएको नामलाई निर्वाचन आयोगले रूजु गरेर सार्वजानिक गर्ने बताउनु भयो । उहाँले निर्वाचनको समिक्षाको लागी केही दिन भित्रै केन्द्रीय कार्य समितिको बैठक बोलाउने जानकारी दिनुभयो ।