लामो खडेरीपछि धनकुटामा सामान्य वर्षा

चैत्र १, २०८२ |विनोद घिमिरे
लामो खडेरीपछि धनकुटामा सामान्य वर्षा

धनकुटा । लामो समयपछि धनकुटामा आइतबार सामान्य वर्षा भएको छ। 

कार्तिक महिनायता वर्षा हुन नसक्दा खडेरीको मार खेपिरहेका किसानहरूका लागि यो वर्षाले केही राहत भए पनि खेतीका लागि भने पर्याप्त नभएको किसानहरूले बताएका छन्। जिल्लामा करिब चार महिनादेखि पानी नपर्दा हिउँदे बाली लगाउन कठिनाइ भएको थियो।

लामो समयसम्म वर्षा नहुँदा वातावरणमा धुलो र तुवालो बढेको थियो। दुई साताअघिदेखि जिल्लाभर बाक्लो तुवालो लागेकाले जनजीवन समेत प्रभावित बनेको थियो। आइतबार परेको सामान्य वर्षापछि भने तुवालो केही हट्ने र मौसम केही सफा हुने अपेक्षा गरिएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।