
काठमाडौं । जेन-जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताउनुभएको छ ।
आइतबार माइतीघर मण्डलामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गर्नुभयो । अब बन्ने सरकारले सपथ लिनुअघि जेन-जी पुस्तासँग संकल्प गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले राज्य शक्तिशाली भए पनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताउनु भयो । बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताउनु भयो ।
उहाँले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो ।