जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

चैत्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । गत भदौ अन्तिम साताको जेन-जी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेन-जी अगुवा रक्षा बमसहितको समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् । 

आयोगले गत २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.