
महेन्द्रनगर । नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक थापाले भन्नुभयो, “जंगलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।”