राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा सपथ ग्रहण

फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा सपथ ग्रहण

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले सपथ लिनुभएको छ ।

यही माघ ११ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित हुनुभएका १८ मध्ये १७ जना सदस्यलाई साेमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सपथ गराउनुभयो ।

कुल ५९ सदस्य रहेको राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित हुनुभएको छ । मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित हुनभएको छ ।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.