राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ आज हुँदै

फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ आज हुँदै

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ साेमबार हुने भएको छ । 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साेमबार दिउँसो शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते १८ सदस्यका लागि निर्वाचन भएको थियो ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम सपथ गराउनुहुने कार्यक्रम छ । सपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित हुनुभएको छ । मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित हुनभएको छ । 

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.