
अछाम । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट जित हासिल गरेको छ।
नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वाँरले नेपाली कम्युनिष्ट पार्टीका नेता भिम बहादुर रावललाई पराजित गर्नुभएकाे हाे। स्वाँरले १० हजार ७ सय ५८ मत पाउनुभयाे भने रावलले १० हजार २ सय ३० मत पाउनुभयाे। स्वाँर र रावलको ५ सय २८ मतको अन्तर छ। नेकपा (एमाले)का दिपक साउँद तेस्राे हुनुभएकाे छ ।
उहाँले ७ हजार ३ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार ७ सय ३७ मत प्राप्त गर्नुभयाे। स्वाँर २०७२ को निर्वाचनमा रावलसँग पराजित हुनुभएकाे थियाे। यस्तै साउद २०७० को संविधा नसभा निर्वाचनमा रावलसँगै पराजित हुनुभएकाे थियाे।
रावल २०४८ मा नेपाली कांग्रेसका नेता बलबहादुर कुँवर र २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द बहादुर शाहसँग पराजित हुनुभएकेा थियाे।