रौतहट-४ मा रास्वपाका पौडेल विजयी

फाल्गुन २३, २०८२ |राजेश्वर पाण्डे
रौतहट-४ मा रास्वपाका पौडेल विजयी

रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार गणेश पौडेल ३६ हजार ८ सय ७६ मत प्राप्त गरी विजयी हुनु भएको छ। 

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार १५ हजार ८ सय ६५ मत प्राप्त गर्नुभएकाे थियाे । त्यस्तै नेकपाका रामकुमार भट्टराई ९ हजार ७ सय ७८ एमालेका रामजी साह ३ हजार ४ सय ७८ मत पाउनुभएकाे छ । यससँगै चार क्षेत्र रहेको रौतहटमा क्षेत्र १ र ४ रास्वापाले जित निकालेको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।