सर्लाही २ मा रास्वपाका महतो विजयी

फाल्गुन २३, २०८२ |ओमप्रकाश ठाकुर
सर्लाही २ मा रास्वपाका महतो विजयी

सर्लाही । प्रतिनिधि सभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रबिन महतो निर्वाचित हुनुभएकाे छ ।

अन्तिम मतपरिणाम अनुसार महतोले ४२ हजार ५ सय १२ मत प्राप्त गर्दै विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका महिन्द्र राय यादबले ८ हजार ५ सय २३ मत प्राप्त गर्नुभएकाे छ ।

महतोले आफ्नो प्रतिद्वन्द्वीसँग ३३ हजार ९ सय ८९ मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधि सभा सदस्यको रुपमा विजय हासिल गरेको क्षेत्र २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।