जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा विजयी

फाल्गुन २३, २०८२ |सरोज वली
जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा विजयी

जाजरकोट । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे छ । 

अन्तिम मतपरिणामअनुसार बुढा २ हजार ७ सय ३५ मतान्तरले विजयी हुनुभएकाे हाे  । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पर्टी (नेकपा) बाट उम्मेदवार रहेको शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत ल्याउनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८ सय ८३ मत ल्याउनुभएकाे छ ।

जाजरकोटमा रास्वपाका उम्मेदवार राघव कार्कीले २ हजार ४ सय ७१ मत ल्याउनुभएकाे छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।