संखुवासभामा तीन दिनपछि मतगणना सुरू

फाल्गुन २३, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभामा तीन दिनपछि मतगणना सुरू

संखुवासभा । संखुवासभामा तीन दिनपछि शनिबारबाट मतगणना सुरू भएको छ ।

दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि शनिबारबाट गणना सुरू भएको हो । मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा सुरू भएको हो । 

गणनास्थलमा सीसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको डीएसपी कुमार प्रसाद मैनालीले बताउनुभयाे । यहाँ ६२ हजार ९ सय ३७ मत खसेको छ । निर्वाचनमा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।