
सर्लाही । सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र १ मा रास्वपाकी नितिमा कार्कीले एक हजार ६६९ मत प्राप्त गरी अग्रस्थानमा हुनुहन्छ । नेकपा एमालेका मनोजकुमार देवकोटाले ३ सय ८५, नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २ सय ४०, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले १ सय ५३ र नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार साहले १ सय १७ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र २ मा रास्वपाका रबिन महतोले ३ हजार २२४ मत प्राप्त गरी अग्रस्थानमा हुनुहन्छ । नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादवले १ हजार ३ सय २१, नेपाली राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ४ सय ७५, नेपाली कांग्रेसका डा. सरोज कुमारले ३ सय ५३ र नेकपा एमालेका नागेश्वर साहले १ सय ७९ मत प्राप्त गरेका छन् ।
क्षेत्र ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारले अग्रता लिनुभएकाे छद । साहले एक हजार ९ सय ३४ मतसहित अगाडि रहँदा नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ३ सय ६६, नेकपा एमालेका हरिप्रसाद उप्रेतीले १ सय ६६ र नेपाली कांग्रेसका विनोदकुमार खनालले १ सय ३७ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले अग्रता लिनुभएकाे छ । सिंहले १ हजार २३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगनकुमार थापाले ७ सय ६८ मत प्राप्त गर्नुभएकाे छ । जनमत पार्टीका राकेश मिश्र २ सय ५० मत र एमालेका अमनिश कुमार यादव १ सय ९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।