
अर्घाखाँची । अर्घाखाँची राष्ट्रिय स्वतन्त्र पाटीका हरिप्रसाद भुसालले सुरूवाती चरणमै अग्रता लिनुभएकाे छ ।
उहाँले २७ सय ७ मत ल्याउनु भएको छ । कांग्रेसका विष्णुप्रसाद खनालले १३ सय ७४ र एमालेका पिताम्बर भुसालले १३ सय ७८ मत प्राप्त गनुभएको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामबहादुर चुहानले २ सय ३ मत ल्याउनु भएको छ ।
जनमोर्चाका उम्मेदवार पशुपति ढकालले ६७ मत ल्याउनुभएको छ । जिल्लामा ११ दल र ३ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए । जसमध्ये ८६ हजार ६ सय ६८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० रहेका छन् ।