जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीकाे अग्रता

फाल्गुन २२, २०८२ |डीबी बुढा
जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीकाे अग्रता

जुम्ला । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीको अग्रता कायमै छ । 

उहाँले १ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएकाे छ । नेकपाका नरेश भण्डारीले ७ सय ३५ मत प्राप्त गर्नुभएकाे छ । अहिलेसम्म ज्ञानबहादुर शाही ७ सय १४ मतका साथ अगाडि हुनुहुन्छ ।

नेपाली कांग्रेसका दीपबहादुर शाहीले ३४० मत प्राप्त गर्नुभयाे । एमालेका शान्तिलाल महतले १ सय १० मत प्राप्त गर्नुभएकाे छ । रास्वपाका विनिता कठायतले २३ मत प्राप्त गर्नुभएकाे छ । अहिलेसम्म २ हजार ७ सय ७८ मत गनिएको छ । जुम्लाको १ सय १० मतदान केन्द्रमा ४० हजार ८ सय ९७ मत खसेको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ मत र जनता दलका रनिल बिक्रम शाहीले १ मत प्राप्त गरेका छन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।