संखुवासभामा दिउँसो साढे २ सम्ममा ३९ प्रतिशत मत खस्यो

फाल्गुन २१, २०८२ |दीपेन्द्र शाक्य
संखुवासभामा दिउँसो साढे २ सम्ममा ३९ प्रतिशत मत खस्यो

संखुवासभा । संखुवासभामा दिउँसो साढे २ बजेसम्म ३९ प्रतिशत अर्थात् ४६ हजार ६४३ मत खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

एक निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरूष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।