
अर्घाखाँची । अर्घाखाँचीमा १ बजेर ४० मिनेट जाँदासम्म ५८ हजार मत खसेक छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा दिउँसो १ : ४० बजेसम्म ५८ हजार मत खसेको हाे । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले २ सय ११ मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनुभयो ।
सबै गाउँमा मतदातालाई सुरक्षित तरिकाले नै मतदान गर्न घरबाट केन्द्रसम्म पुगेका छन् । जिल्लामा १ लाख ७१ हजार ६ सय ६२ मतदाता संख्या रहेको छ । निर्वाचन सम्पन्न गराउन अर्घाखाँची जिल्लाभर १२सय ५९ जना कर्मचारी खटिएका छन्। जिल्ला कारागार सन्धिखर्कमाअस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । त्यहाँ ३३ जना मतदाता थिए।