
गाेरखा । संयुक्त अबर इमिरेट्समा इरानले गरेको ड्रोन आक्रमणमा परेर मृत्यु भएका दिवस श्रेष्ठको गाउँ गोरखाको बोर्लाङ शोकमा डुबेको छ ।
भीमसेन थापा गाउँपालिका वडा नं ७ ठाँटी घर भएका २९ वर्षिय दिवसको यूएईमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो । रोजगारीको शिलशिलामा चार वर्षअघि त्यहाँ पुगेका घरको एक्लो छोरा श्रेष्ठको मृत्युको खबरले उहाँको परिवार र गाउँ नै शोकमा डुबेको छ।
होलीको दिन सोमबार दिउँसो चामबहादुर श्रेष्ठको मोबाइलमा घण्टी बज्यो । फोनमा कुराकानी गरेको मिनेट बित्न नपाउँदै उहाँको बोली रोकियो । फोन थियो, जिल्ला प्रशासन कार्यालय गोरखाबाट आएको खबर, इरानले गरेको ड्रोन हमालामा परेर संयुक्त अबर इमिरेट्समा उहाँको छोरा दिवस श्रेष्ठले ज्यान गुमाएको ।
चामबहादुरका श्रीमती, छोरी र छोरी गरी चार परिवार हो । छोरीको विवाह भइसकेको नातिनातिनी हेरचाहका लागि श्रीमती पवित्रा केही महिनादेखि काठमाडौं हुनुहुन्छ । वैदेशिक रोजगारीमा गएको परिवारको एक्लो छोरा पनि गुमाउनु पर्दा अहिले ५४ वर्षीय चामबहादुर श्रेष्ठलाई ठूलो बज्रपात परेको छ ।
गोरखा भिमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठ चार वर्षअघि वैदेशिक रोजगारीका लागि संयुक्त अबर इमिरेट्समा जानुभएको थियो । सब ओभसियर पढाय बिचैमा छाडेर गएका श्रेष्ठ ढेडवर्ष अघि बिदामा घर आउनुभएकाे थिएयाे । अब विवाह गर्ने गरी छुट्टी आउँछु भन्दै जानुभएका श्रेष्ठ उतै अस्ताए पछि बोर्लाङ गाउँ नै शोकमा डुबेको छ ।