
काठमाडौं । देशका पहाडी जिल्लामा आपसी सद्धभाव र भाइचारा साटासाट गर्दै फागु पर्व मनाइएको छ ।
काठमाडौं उपत्यकासँगै अन्य पहाडी जिल्लामा फागु पर्व मनाइएको हो । सल्यानमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । साथीभाइ, तथा आफन्तजनहरू आपसमा भेला भई रङ, अबिर र खुसीयाली साटासाट गर्दै होली पर्वलाई उल्लासमय बनाएएको हो ।
यस वर्ष निर्वाचनका विगत वर्षहरूमा झैँ ठूलो संख्यामा भेला नभए पनि केही सीमित साथीभाइ भेला भएर फागु मनाएका छन् । सदरमुकाम खलंगा, श्रीनगरलगायत विभिन्न स्थानमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले आपसी मेलमिलापका साथ फागु मनाएका छन् ।
निर्वाचनको माहोलले विगत वर्षको तुलनामा भीडभाड कम भए पनि आपसी सद्भाव, मित्रता र पारिवारिक सम्बन्ध अझै मजबुत बनाउने अवसरका रूपमा फागु मनाइएको स्थानीयले बताएका छन् ।