निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान सामग्री बुझ्दै

फाल्गुन १८, २०८२ |वरुण पनेरू
निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले मतदान सामग्री बुझ्दै

डडेल्धुरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि डडेल्धुरामा मतदान स्थलमा खटिएका मतदान अधिकृतहरूले साेमबार बिहानैदेखि धमाधम मतदान सामग्री बुझ्न थालेका छन्।

जिल्ला निर्वाचन कार्यालय डडेल्धुराबाट मतदान अधिकृत तथा कर्मचारीहरूले मतपत्र, मतपेटिका, छाप, मतदाता नामावली, फारामलगायत आवश्यक सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनुभयो।

आयोगले तोकिएको मितिमा शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको निर्वाचन अधिकारी अवस्थीले बताउनु भयो । डडेल्धुरामा ९४ हजार ४ सय ३ जना मतदाता छन्। जिल्लामा १०४ वटा मतदानस्थल र १४१ वटा मतदान केन्द्र रहेका छन् ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।