.png&w=1000&height=550)
धनकुटा । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारीहरूले आवश्यक निर्वाचन सामग्री बुझिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय परिसरमा आइतबार बिहानैदेखि कर्मचारीहरूको चहलपहल छ । निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरूले मतपत्र, मतपेटिका, छाप, रजिस्टर, मतदाता नामावली, सुरक्षा सामग्रीलगायत आवश्यक कागजात धमाधम बुझिरहेका हुन् ।