
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
यहाँ एक लाख ४७ हजार १२० मतदाता छन् । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभयाे ।
संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उहाँले बताउनुभयाे । प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।