कान्तिपुरकर्मी प्रकाश बमलाई पितृशोक

फाल्गुन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी प्रकाश बमलाई पितृशोक

काठमाडौं ।

कान्तिपुर टेलिभिजनकर्मी पत्रकार प्रकाश बमलाई पितृशोक परेको छ । उहाँका पिता चक्रबहादुर बमको ७५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।

कालिकोट रास्कोट नगरपालिका ५ निवासी बम उपचारका क्रममा काठमाडौंमा नै हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मृगौलासम्वन्धि समस्याबाट पीडित हुनुहुनथ्यो । उहाँका पाँच छोरा र पाँच छोरी छन् । 

उहाँको बिहीबारै काठमाडौं पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.