रौतहटको गौरमा आज पनि कर्फ्यु जारी

फाल्गुन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
रौतहटको गौरमा आज पनि कर्फ्यु जारी

रौतहट । रौतहटको गौर नगरपालिका-६ मा दुई पक्षबीच झडप भएपछि स्थिति साम्य पार्न शनिबारदेखि लगाइएको कर्फ्यु आइतबार पनि जारी रहेको छ ।

आइतबार बिहान ८ बजेदेखि पुन: कर्फ्यु लगाइएको हो । आइतबारदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु रहने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । पूर्वमा मुड-वलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

सामाजिक एकता ,शान्ति सद्भाव कायम गर्न सबै जना आ-आफ्नो क्षेत्रबाट पहल गर्न जिल्ला प्रशासन रौतहटले अपील समेत गरेको छ । दुई पक्षबीच उत्पन्न भएको विवाद र अवस्थालाई सहज बनाउन अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.