
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ ।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भोट भनेको शक्ति भएकाले यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताउनुभएको हो । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने तर्क गर्दै उहाँले राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्नुभयो ।
उहाँले प्रत्यक्षतफ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपील गर्नुभयो ।