राज्यको अर्बौं रूपैयाँ खर्च भइसकेकाले निर्धारित समयमै निर्वाचन हुनुपर्ने ओलीको भनाइ

आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीमा परेको टिप्पणी
फाल्गुन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
राज्यको अर्बौं रूपैयाँ खर्च भइसकेकाले निर्धारित समयमै निर्वाचन हुनुपर्ने ओलीको भनाइ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रूपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उहाँले एमाले भने कुनै अल्मलमा नपरि चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पार्नुभएको हो । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले निर्वाचनको तयारीबाट पछि नहट्ने दृढता व्यक्त गर्नुभयो ।

ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको पनि बताउनुभयो । आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उहाँले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभयो । 

आफ्नो नेतृत्वमा मिचिएको भू-भाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको उहाँले स्मरण गराउनु भयो । देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तिव्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकतोक अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.