नेकपा (संयुक्त) ले सार्वजनिक गरेको घोषणा पत्रमा के छ ? (पूर्णपाठसहित)

फाल्गुन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेकपा (संयुक्त) ले सार्वजनिक गरेको घोषणा पत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपालमा स्वाधीन अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेर घोषणा पत्र सार्वजनिक गरेको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार सार्वजानिक गरेको घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्र र राजनीति विकास गर्ने उल्लेख छ । आर्थिक परनिर्भरताको अन्त्य, उद्यमशील राष्ट्र निर्माण र संविधानमा उल्लेखित समाजवाद उन्मुख अर्थतन्त्रको कार्यान्वयनलाई मुख्य एजेन्डा बनाइएको घोषणा पत्रमा उल्लेख छ । 

नेपालले विगतका विभिन्न राजनीतिक व्यवस्थामा आफ्नै विकास मोडेल निर्माण गर्न नसकेको नेकपा संयुक्तको घोषणा पत्रमा उल्लेख छ । उद्यमशील राष्ट्र निर्माणलाई पार्टीले पहिलो सर्त मानेको छ । कृषिमा आश्रित हरेक परिवारमा महिनामा न्यूनतम ४०-४५ हजार रूपैयाँ कमाउन सक्नेगरी ग्रामिण कृषिको विकास गर्ने, कृषिमा संरक्षणको नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा आत्मनिर्भर बन्ने पार्टीको लक्ष्य छ । 

वन, पर्यटन, खानी र जलस्रोतमा आधारित उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्दै श्रम-सघन उद्योगलाई प्रोत्साहन गर्ने र साना तथा मझौला उद्यम विस्तार गर्ने पार्टीको घोषणा पत्रमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.