
तनहुँ । महाशिवरात्रिको दिन तनहुँको भिमादमा माछा मार्ने जात्रा लागेको छ ।
परापूर्व कालदेखि नै महाशिवरात्रिका दिन भिमादमा माछा मार्ने जात्रा लाग्दै आएको हो । यो जात्रा स्थानीयमा सामाजिक सद्भाव र आपसी सम्बन्ध नवीकरण गर्ने माध्यम बनेको छ । परापूर्व कालदेखि नै यो खोलामा महाशिवरात्रिका दिन माछा मार्ने जात्रा लाग्ने गरको छ ।
माछा मार्ने जात्रा भर्न बालक, वृद्धसम्म बुडुवा खोला पुग्छन् । ढडिया, थकाली, जाल, डोकोलगायतको सामग्री प्रयोग गरी परम्परागत शैलीमा माछा मार्ने प्रचलन छ । माछा मार्ने जात्रा आफन्तसँग भेटघाट र हालचाल बुझने माध्यम मात्र बनेको छैन आपसी सद्भाव र भाइचाराको विकास गर्न समेत सहयोगी बनेको जात्रामा सहभागी बताउँछन् ।
करेन्ट तथा रसायानिक विषादी प्रयोग गरी अप्राकृतिक रूपमा माछा मार्ने भएकाले पहिले जस्तो अहिले माछा नपर्ने स्थानीयको गुनासो छ । जलचरको संरक्षण गरी परम्परागत शैलीमा माछा मार्ने वातावरण गरिदिन स्थानीय सरकारसँग माग छ ।
तनहुँको भिमाद आसपासका गाउँबाट हरेक वर्ष महाशिवरात्रिका दिन माछा मार्ने जात्रामा सहभागी हुने स्थानीयको बडुवा खोलामा भीड लाग्छ ।