निर्वाचन तयारीमा संघीय मन्त्री सक्रिय हुनु औचित्यहीन : इन्द्रमणि पराजुली

फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन तयारीमा संघीय मन्त्री सक्रिय हुनु औचित्यहीन : इन्द्रमणि पराजुली
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन तयारी अनुगमनका नाममा संघीय सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा अनावश्यक चासो राखेको आरोप लगाउनुभएको छ । 

शनिबार धनकुटा पुगेका मन्त्री पराजुलीले संघीय सरकारका मन्त्रीहरू निर्वाचन अनुगमनमा सक्रिय हुनु औचित्यपूर्ण नभएको बताउनुभयो । निर्वाचन तयारी र व्यवस्थापन राज्यका सम्बन्धित अंगले काम गर्ने भएकाले अनावश्यक चासो देखाएर मन्त्रीहरू सक्रिय हुनु राम्रो नभएको उहाँको जिकिर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.