
रामेछाप । रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नाै जनाको मृत्यु भएको छ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ १९७५ नम्बरको अरनिको यातायातको बस सडकबाट तामाकोशी नदीमा खसेको हो। दुर्घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूको सहयोगमा घाइतेहरूको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभएको छ।
उहाँका हालसम्म १० जनालाई उद्धार गरी उपचारका लागि पठाइएको छ। दुर्घटनामा नाै जनाको शव नदीबाट निकालिएको प्रहरीले जनाएको छ। तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।