जेन-जी आन्दोलन दल सुधारका लागि : तनुजा पाण्डे

कान्तिपुर कन्क्लेभ-२०२६
माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलन दल सुधारका लागि : तनुजा पाण्डे

काठमाडौं । जेन-जी अभियन्ता तनुजा पाण्डेले नेपालमा युवाहरुको आन्दोलन राजनीतिक दलमा सुधार, पारदर्शिता, जवाफदेहीता र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन केन्द्रित रहेको बताउनुभएको छ । 

काठमाडौंमा सोमबारदेखि सुरु 'कान्तिपुर कन्क्लेभ' को पाँचौं संस्करणमा वक्ताको रुपमा बोल्दै पाण्डेले यो आन्दोलन बंगलादेश र श्रीलंकासँग मिल्दोजुल्दो भए पनि नेपालको आफ्नै अर्गानिक रहेको बताउनुभयो । 

 परम्परागत राजनीतिक दलमा सुधार चाहे पनि नयाँ अनुहार र नयाँ दलका लागि भने जेन-जी आन्दोलन नभएको उहाँको भनाइ छ । जेन-जी आन्दोलन लामो समयदेखि युवामाझ रहेको नैराश्यताको विस्फोट रहेको समेत उनको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.