एआईको दुरूपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ : प्रहरी महानिरीक्षक कार्की

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एआईको दुरूपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ ।

सूचना प्रविधिको दुरूपयोग गरेर झुटा सामग्रीहरू प्रसारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उहाँको भनाइ थियो । सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीहरूले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । 

प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरूले आफ्नो धर्मको रूपमा आत्मासात गर्न जरूरी रहेको पनि बताउनु भयो । प्रहरी महानिरीक्षक कार्कीले अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने खालको समाचार सम्प्रेषण हुन नदिने कुरामा पनि सञ्चार माध्यमहरूले सचेत भएर काम गर्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.