नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनले खुसी छु : शिरिन एबादी

कान्तिपुर कन्क्लेभ-२०२६
माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनले खुसी छु : शिरिन एबादी

काठमाडौँ- नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले युवाले उठाएको आवाजका कारण अबको १९ दिनमा चुनाव हुन लागेको बताउनुभएको छ । 

आजदेखि काठमाडौंमा सुरु कान्तिपुर कन्क्लेभ-२०२६ मा मुख्य मन्तव्य दिँदै शिरिनले १८ वर्ष पुगेकाहरुलाई आगामी चुनावमा भोट हाल्न सुझाव दिनुभयो । 'युवाले उठाएका आवाजका कारण अबको १९ दिनमा चुनाव हुँदै छ । त्यो कुराले म खुसी छु । फेरि पनि त्यस्तै आन्दोलन गर्न नपरोस् भनेर म तपाईंहरुलाई सुझाव दिन चाहन्छु,' उहाँले भन्नुभयो, 'जति जना १८ वर्ष पुग्नुभएको छ । तपाईंहरु भोट हाल्नुहोस् ।'

नेपालमा जेन-जी आन्दोलन किन र कसरी भयो भनेर निकै चासोका साथ हेरेको उहाँले बताउनुभयो । 'लोकतन्त्रका लागि गरिएको आन्दोलनले म खुसी भएँ,' उहाँले भन्नुभयो, 'आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति म हार्दिक श्रदाञ्जली अर्पण गर्न चाहन्छु ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.