जापानको संसदीय निर्वाचनमा सत्तारूढ गठबन्धनलाई बहुमत

प्रधानमन्त्री ताकाइचीको गठबन्धनले जित्यो ३१६ सिट
माघ २६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
जापानको संसदीय निर्वाचनमा सत्तारूढ गठबन्धनलाई बहुमत

काठमाडौं । जापानमा सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी-एलडीपी र जापान इनोभेसन पार्टीको गठबन्धनले प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ ।

आइतबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धनले ३१६ सिट जितेको छ । यो संख्या बहुमतका लागि चाहिने २३३ भन्दा ८३ सिट बढी हो । पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरूले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताउनुभयो । 

उहाँले आफूहरूले वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने र आवश्यक लगानी सुनिश्चित गर्ने बताउनुभयो ।