अभिनेता सुनील थापाको निधन

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अभिनेता सुनील थापाको निधन

काठमाडौं । अभिनेता सुनील थापाको निधन भएको छ ।

शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस हुनुभएका उहाँलाई आज बिहान नर्भिक अस्पतालमा पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको हो । 

थापाका छोराहरु भारतमा रहेकाले उहाँहरु आएपछि निधनको औपचारिक घोषणा गरिने जनाइएको छ । थापालाई नेपाली चलचित्र क्षेत्रमा चिनो चलचित्रको पात्र 'राते काइँला' नामले चिनिन्छ । थापाले बलिउडमा 'एक दुजेके लिए' चलचित्रबाट करिअर सुरु गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.