नेपाल र जापानबीच मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुन आवश्यक : राष्ट्रपति पौडेल

माघ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल र जापानबीच मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौै । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू निकट र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनुभएको छ । यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको उहाँले बताउनुभएको हो ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले भएको शिष्टाचार भेटमा अवसरमा राष्ट्रपति पौडेलले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोग सुदृढ गर्न मिलेर काम गर्न चाहेको बताउनुभयो । नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी आकर्षित गर्ने सम्भावना रहेको जानकारी दिनभयो ।

यसैबीच राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । नेपाल र जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार जापान भ्रमणमा जानुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.