
बुटवल । रुपन्देहीमा विद्यार्थी बोकेको स्कूल बस दुर्घटना भएको छ । तिलोत्तमामा रहेको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । १० को अवस्था गम्भीर छ ।
घाइतेमध्ये केहीको टाउकोमा गहिरो चोट लागेको छ । घाइते विद्यार्थीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी लिन गएको बस बिहान करिब साढे ५ बजे ओमसतिया–४ बसन्तपुरमा ट्याक्टरमा ठोक्किएको थियो । बसमा करिब ४५ विद्यार्थी थिए ।
रुपन्देहीको रोहिणी क्षेत्रबाट विद्यार्थी लिएर फर्किंदै गरेको लु १ ख ८६७५ नम्बरको बस टोल गेट नजिक ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवले जानकारी दिनुभयो ।