
काठमाडौै । नेपाली क्रिकेटले पछिल्लो समय पाएका हरेक उपल्ब्धीका साक्षीमध्ये एक हुन् सोमपाल कामी । दुई फरक पुस्ता, ३ फरक विश्वकप र नेपाली क्रिकेटमा एक दशकभन्दा लामो समय दिादै आएको सेवा सोमपालको परिचय हो । गुल्मीको सामान्य परिवेशबाट विश्व क्रिकेटको रंगमञ्चसम्म आइपुग्दा सोमपाल नेपालका लागि ३ टी-२० विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् ।
फिटनेस, धैर्य र जिम्मेवारीको त्रिवेणी बनेका सोमपाल आज पनि नेपाली टिमको मेरुदण्ड हुन् । सन् २०१४, २०२४ र २०२६ को उनको विश्वकप यात्रा नेपाली क्रिकेट इतिहासमै दुर्लभ अध्याय बनेको छ । कान्तिपुर समाचारको नो योर राइनोमा आज सोमपालको क्रिकेट करियरको चर्चा गर्ने छौं ।
सोमपाल कामीको जन्म सन् १९९६ फेब्रुअरी २ मा गुल्मीमा भएको हो । तीन वर्षको उमेरमै उनी आमाबुबासाग भारतको पञ्जाब पुगे । पञ्जाबमै रहादा उनले क्रिकेटप्रतिको मोह विकास गरे । स्कुलस्तरका प्रतियोगितामा नियमित खेल्ने सोमपाल सानैदेखि मैदानमा उत्साह र आत्मविश्वासका साथ देखिन्थे । त्यही परिवेशले उनलाई क्रिकेटको आधारभूत सीप सिकायो ।
भारतमा रहादा सोमपाल मुख्यतः ब्याटिङमा केन्ऽित खेलाडी थिए । इन्डियन पि्रमियर कर्पोरेट लिग खेलेपछि मात्रै उनले आफ्नो वास्तविक क्षमताको पहिचान गरे । सो लिगमा उनले कप्तानीको अनुभवसमेत बटुले, जसले नेतृत्व र जिम्मेवारीबोध दुवै सिकायो । त्यसपछि उनले क्रिकेटलाई पेशागत रूपमा अगाडि बढाउने निर्णय गरे । तर त्यो सपना साकार पार्न उनलाई नेपाल र्फकनुपर्ने थियो ।
सन् २०१३ सेप्टेम्बर ३ सोमपालको जीवनमा ऐतिहासिक बन्यो । काठमाडौं क्षेत्र नम्बर-३ का क्रिकेटर अर्जुन अधिकारीले फेसबुकमार्फत नेपाल आएर क्रिकेट खेल्न निम्तो दिए । बुबालाई जानकारी नदिई सोमपाल भारतबाट काठमाडौं आए ।
नेपाल आएपछि सोमपालले सबैभन्दा पहिले ˆयान क्लबबाट यू-१९ घरेलु क्रिकेट खेले । भारतमा ब्याटिङमुखी रहेका उनी नेपाल आएपछि बलिङमा केन्दि्रत भए । काठमाडौं क्षेत्र नम्बर ३ लाई यू-१९ च्याम्पियन बनाउादा उनको बलिङ निणर्ायक रहृयो । लगातार दुई शतकसहित प्रभावशाली प्रदर्शनपछि उनी तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको नजरमा परे । यसरी उनी घरेलु क्रिकेटमा पक्का अलराउन्डरका रूपमा स्थापित भए । सन् २०१३ मा आयोजित 'जर्नी टु वल्र्डकप' प्रतियोगिताले सोमपालको करिअर मोडिदियो ।
चार खेलमा १० विकेट लिादै उनी प्रतियोगिताकै उत्कृष्ट बलर बने । यही प्रदर्शनले उनलाई बलरका रूपमा राष्ट्रिय पहिचान दिलायो । पुबुदुले उनलाई सिधै २०१४ को विश्वकप टिममा समावेश गरे । उमेर समूहमा नखेली राष्ट्रिय टिममा पुग्नु आफैंमा दुर्लभ उपलब्धि थियो ।
सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकपमा सोमपालले हङकङविरुद्ध डेब्यु गरे । तीन ओभरमा १३ रन खर्चेर २ विकेट लिादै उनले विश्वमञ्चमा आफ्नो उपस्थिति दर्ता गराए । अफगानिस्तानविरुद्ध उनले १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरे । मलेसियाविरुद्ध एकै खेलमा पााच विकेट लिएर उनी चर्चामा आए । त्यसयता उनी निरन्तर राष्ट्रिय टिमको अभिन्न हिस्सा बने ।
२०१४ नोभेम्बरमा श्रीलंकामा हङकङविरुद्ध १०औं क्रममा ब्याटिङ गर्दै ४० रन बनाउनु सोमपालको ऐतिहासिक उपलब्धि हो । यो कीर्तिमान आठ वर्षसम्म विश्व रेकर्डका रूपमा कायम रहृयो । हाल पनि उनी उक्त सूचीको पााचौं स्थानमा छन् ।
२०१८ अगस्ट १ मा नेपालले नेदरल्यान्ड्ससाग ऐतिहासिक ओडीआई खेल्दा सोमपालले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे । एकदिवसीय क्रिकेटमा नेपालका लागि पहिलो विकेट लिने खेलाडी पनि सोमपाल नै हुन् ।
उनले नेपालका लागि ६६ ओडीआईमा ८५ विकेट र ८६ टी-२० आईमा ८१ विकेट लिएका छन् । ओडीआईमा उनले ३ अर्धशतकसहित ७ सय ७६ रन बनाएका छन् भने टी-२० आईमा ३ सय ६५ रन बनाएका छन् ।
सोमपालसाग विभिन्न देशमा प|mेन्चाइज क्रिकेट खेलेको अनुभव पनि छ । तेस्रो पटक नेपालका लागि विश्वकप खेल्न लागेका सोमपाल नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । यही तथ्यले उनको योगदान, निरन्तरता र परीश्रम तथा लगावको प्रमाण दिन्छ । एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा उनले बलिङ, ब्याटिङ र फिल्डिङबाट नेपाललाई निरन्तर योगदान दिए ।