
रौतहट । रौतहटको यमुनामाई गाउँपालिका पूर्व अध्यक्ष श्रीप्रसाद मुखियाको हृदयघातका कारण निधन भएको छ । सोमबार राति अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतको भनाई छ । मुखियाको असामयिक निधनका कारण यमुनामाई गाउँपालिका शोकमग्न बनेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओबादी पार्टी बाट उहाँ यमुनामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । मुखियाले आफ्नो कार्यकालमा स्थानीय विकास, जनअधिकार र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखेका राखेर काम गर्नुभएको थियो ।
जनयुद्धकालदेखि नै संगठन निर्माण र राजनीतिक चेतना विस्तारमा सक्रिय उहाँले पार्टी संरचना मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहकर्मीहरू बताउँछन् ।