पश्चिमी वायुको प्रभावले आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिमी वायुको प्रभावले आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । आज तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.