महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा मृत्यु

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा मृत्यु
काठमाडौै । भारतको पश्चिमी राज्य महाराष्ट्रका उपमुख्यमन्त्री ६६ वर्षीय अजित पवार सवार एक निजी विमान बुधवार पुणे जिल्लाको बारामती विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । मुम्बईबाट करिव २४९ किलोमिटर दक्षिण–पूर्वमा रहेको बारामती विमानस्थलमा अवतरण गर्ने प्रयास गर्दा विमान दुर्घटनामा परेको थियो । 

भारतको नागरिक उड्डयन नियामक निकाय, नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार विमानमा सवार सबैको निधन भएको छ । मृत्यु हुनेमा उपमुख्यमन्त्री पवारका साथै दुई पाइलट, एक व्यक्तिगत सुरक्षा अधिकारी र एक सहयोगी रहेका छन् । विमान अवतरणका क्रममा नियन्त्रण बाहिर गई भुइँमा बज्रिएपछि तत्कालै आगो लागेको थियो ।

उपमुख्यमन्त्री पवार जारी ग्रामीण निकायको चुनावका लागि चुनावी ¥यालीलाई सम्बोधन गर्न मुम्बईबाट पुणे जाँदै हुनुहुन्थ्यो । दुर्घटनाग्रस्त विमान नयाँ दिल्लीमा आधारित भीएसआर भेन्चर्स प्राइभेट लिमिटेडको थियो । जसले माग अनुसार निजी चार्टर उडानहरू सञ्चालन गर्ने गर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.