
तनहुँ । प्रतिनिधि सभा निर्वाचनको विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रेपछि चुनावी रौनक बढेको छ ।
रास्वपा उपसभापति स्वाणिर्म वाग्ले तनहुँ १ मा फेरि उम्मेदवार बनेपछि सबैको चासो त्यहाँ छ । २०८० वैशाख १० गते भएको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी भएका रास्वपाका उपसभापति स्वणिर्म वाग्ले यस पटक पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ ।
उपनिर्वाचनमा वाग्लेसँगै पराजित भएका गोविन्द भट्टराईलाई नेपाली कांग्रेसले फेरि पनि मैदानमा उतारेको छ । एमालेले भगवती न्यौपाने र नेकपाले विद्यानाथ ढकाललाई उम्मेदवार बनाउँदा चुनावी माहोललाई तताएको छ । उम्मेदवारहरू सबैले आफैंले निर्वाचन जित्ने दाबी गरेका छन् ।
उपनिर्वाचनमा विजयी भए पनि पूरा कार्याकाल निर्वाह गर्न नसेको कारण जिम्मेवारी पूरा गर्नका लागि चुनावी मैदानमा उत्रेको वाग्ले बताउनुहुन्छ । हरेक निर्वाचनमा चुनाव जित्ने तर, आफैले जनतासँग गरेका वाचा भुल्ने गरेको आरोप नेताहरूलाई लाग्छ । कांग्रेस उम्मेदवार भट्टराई भने जनता र देशको सेवा गर्नका लागि राजनीतिमा लागेको र यसपटक विगतको जनमत परिर्वतन हुने दाबी गर्नुहुन्छ ।
जनताको जीवनशैली परिर्वतन र पूर्वधार विकास लागि आफ्नो उम्मेदवारको एजेन्डा राखेका छन् । व्यवस्था मात्र परिर्वतन भएकाले जनताको अवस्था परिवर्तनका लागि चुनावी मैदानमा उम्मेदवारहरू बताउँछन् । कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुा १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने उज्यालो नेपाल पार्टी, राप्रपा, श्रमसंस्कृति पार्टी, नेशनल मंगोल, आम जनता पार्टी, नेमकिपा लगायत गरी तनहुँ १ मा १६ जनाको उम्मेदवारी परेको छ ।
तनहुँ १ मा १ लाख २६ हजार ८८२ मतदातामा पुरूष ६१ हजार ७ सय ७८ जना मतदाता र महिला ६५ हजार १ सय ४ जना मतदाता छन् ।