काठमाडौंमा वायु प्रदूषणको स्तर बढ्दै, सावधानी अपनाउन आग्रह

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा वायु प्रदूषणको स्तर बढ्दै, सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौंमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ । 

सोमबार विश्वको ८ औं वायू प्रदुषित सहरको सूचीमा रहेको काठमाडौं मंगलबार छैटौं स्थानमा परेको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था 'आइक्यू एयर' का अनुसार काठमाडौंमा सोमबार बिहान वायू प्रदुषणको स्तर अस्वस्थ्यकर रहेको थियो । वातावरण विभागका अनुसार हिउँदे वर्षा नभएकाले काठमाडौं, दाङ लगायत देशका विभिन्न स्थानमा प्रदुषणको मापन उच्च रहेको हो । 

यो अवस्था वैशाखसम्मै रहने अनुमान छ । प्राय: बिहान र बेलुका प्रदुषणको तह उच्च रहने गरेको छ । देशभित्रका क्रियाकलापले मात्र नभएर अन्य देशमा भएको प्रदूषणले समेत असर गर्ने विभागको भनाइ छ । बिहान र बेलुका प्रदूषण उच्च हुने भएकाले मर्निङ्ग वाकको विकल्प खोज्न चिकित्सकहरूले सुझाएका छन् । 

यसबाहेक काम नपरि घर बाहिर ननिस्कन र निस्कनै परे मास्कको प्रयोग गर्नुपर्ने पनि उनीहरूको भनाइ छ । दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई प्रदूषणले बढी असर पार्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

नेपालमा वायू प्रदुषणकै कारण बर्षेनि करिब ४० हजारको ज्यान जाने तथ्याङ्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.