
कैलाली । राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी हुनुभएकाे छ।
खातीले ३ हजार ९६९ मतभार प्राप्त गर्दै नेकपाका टिकाराम जैशीलाई पराजित गर्नुभयाे। जैशीले १ हजार ८०५ मतभार पाउनुभएकाे थियाे। यसैगरी, भण्डारीले ३ हजार ९८४ मतभारसहित विजय हासिल गर्नुभयाे । उहाँकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार प्राप्त गर्नुभयाे ।
निर्वाचनमा कुल २२४ मतदातामध्ये २२० जना सहभागी भएका थिए।